लेखक

ईख बहादुर राई/खोटाङ
केपिलासगढी केन्द्र बाक्सिलाबाट फेदीसम्मको रोड स्तरोन्नतीको लागि, सुन्नमा आए अनुसार ७० लाख भन्दा माथिको बजेटमा टेन्डर प्रकृयाबाट करिब ४२/४३ लाखमा स्तरोन्नती गरिएको सडक केपिलाशगढी-४ बाक्सिला सिम्पानीदेखि बजारसम्म गरिएको सडकको अवस्थाको फोटो तल राखिएको छ ।

यो बाटोको अवस्था हेर्दा बरु स्तरोन्नति गर्दै नगरेको भए राम्रो हुने थियो जस्तो लाग्छ । अरु तक्लिफ थपिएको छ । अहिले जताततै डोजरले खनेर हिडि सक्नुको छैन । ठाउँ ठाउँमा ट्याक्टरै फस्ने र बाईकसम्म पार गराउन नसक्ने स्थितिको छ । विशेष गरेर सोलिङ गरिएको घुम्ति र ठाउँहरुमा सोलिङ भत्किई सकेको र सोलिङ सहीसँग नगरिएको, प्राय सोलिङ ३ मिटरको मात्र भएको, घुम्ति र सोलिङ्को अवस्था नमिलेको, सोलिङको सुरु र अन्त्यको खाल्डामा गाडी फस्ने समस्या र ठाउँ ठाउँको खाल्टै नसुधारिएको र गाडि नै पास नहुने अबस्थाको छ । अनि दुई वटा टर्निङ नपुग्ने छ ।

यदि यो बाटो पास (फरफारक) भइसकेको हो भने कसरी भयो ? सम्बन्धित पालिका प्रमुख, जनप्रतिनिधि, प्रशासन्, बुद्धिजिवि, शुभचिन्तक, समाजसेवी ज्युहरुले यो बाटोमा एक पटक ध्यान पुराई अनुगमन गरेर मात्रै अघि बढाई दिन हुन अनुरोध छ। अन्यथा भ्रष्टचार, कमिसन र घुषखोरि प्रबृति हाबी भएको देखिने छ । मैले विरोध मात्रै गरेको, आरोप मात्र लगाउन खोजेको कदापी हैन । सम्बन्धित विकास निर्माणको फोटोहरु प्रमाण छन्, त्यसैले तुरुन्तै अनुगमनमा जान सम्बन्धित निकाय तथा व्यक्तिहरुलाई अनुरोध गर्दछु । म यो ठाउँको र यो देशको एउटा थोरै चेत भएको, स्वतन्त्र नागरिक भएको कारण यो बेथिति बारे बोलेको हुँ ।

अहिले स्तरोन्नती गरिसकिएको सडकमा अत्यावश्य समान ढुवानी गर्न समस्या भएको कारण स्थानिय टयाक्टर व्यवसायीहरुले आफू आफू मिलेर रोडा भर्ने र सहज बनाउने काम भइरहेको छ ।

मैले राखेको समस्याहरुको सुनुवाई नहुन पनि सक्छ, यो नेपालको ठुलो रोग हुँदै हो, यो यथार्थ र यो वास्तविक अवस्थालाई हेलचेक्राई र वेवास्ता नै गरिन्छ भने यो हामीहरु आफैंप्रति र स्थानिय विकास र आफ्नै गाउँ ठाउँ प्रति बेमाइन गरिएको ठहरिने छ ।

मलाई कस्तो बजेट, कति बजेट भन्ने एकिन नभए पनि यो बाटोमा भारी बजेट छुट्याईएको हो भन्ने लाग्छ । काम गर्दा खेरि, काम गर्नेले म हामी सबैको सुबिधाको लागि काम गरिरहेछु र यो सारा नेपाली जनताहरुको सुख र समृद्धिको लागि हो भन्ने भुलेका छन् । यही बाक्सिलाडाँडाबाट बाक्चले, चप्लेटी, छेरा, थर्पु र बेहेरे अम्बटे हुँदै तापखोला जालपा जाने बाटोको अवस्था पनि यस्तै छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here