तपाईंले काेराेना भाइरस र कपाल झर्ने बिचको सम्बन्धको आशा गर्न सक्नुहुन्न । तर केहिले ध्यान दिएर हेरिरहेका छन् कि काेराेना निकाे भएकाहरूको कपाल उनीहरूको रिकभरी अवधिमा झरीरहेकाे छ ।

डा. एस्थर फ्रीम्यानका अनुसार ३८ देशहरुबाट १ हजार केसमा गरिएकाे अध्ययनमा काेराेनाबाट निकाे भइरहेकाहरूकाे कपाल झरेको पाइएको छ ।

तर चिकित्सकहरुले कपाल झर्नुलाई भने कुनै अनौठो मानेका छैनन् । मेरिलल्याण्डको जोन्स हप्किन्स सेन्टर फर हेल्थ सिक्योरिटीका वरिष्ठ विद्वान संक्रामक रोग विशेषज्ञ अमेश ए एडलजाले यो टेलोजेन एफ्लुभियम भन्ने संयन्त्रको कारणले भएको बताएकी छिन् ।

शारीरिक तनावका कारण कपालको फोलिकल्सको बृद्धि चक्रलाई असर गर्दछ । यसलाई टेलोजेन इफ्लुभियम भनिन्छ, र यो औलो र क्षयरोग लगायत धेरै प्रकारका बिरामीहरू पछि पनि देख्न सकिन्छ, डा. अडलजाले बताइन् ।

टेलोजेन इफ्लुभियम सामान्यतया तनावपूर्ण घटनाको लगभग तीन महिना पछि पनि देखिने र पुरुष र महिला दुबैलाई असर गर्ने उनको भनाई छ ।
चिकित्सकहरुका अनुसार यस प्रकारको कपाल झर्नाले कुनै पनि तनावपूर्ण जीवन घटनालाई प्रतिबिन्बित गर्दछ । गम्भीर बिरामी मात्र नभएर शल्यक्रिया वा गम्भीर मनोवैज्ञानिक तनावमा पनि यस्ता लक्षण देखिन सकिन्छ ।