गाजर स्वास्थ्यका लागि सबै भन्दा लाभदायक तरकारी मानिन्छ । यसमा सबैभन्दा धेरै भिटामीन ए पाइन्छ भने भिटामीन के, बी ६ र फोलेट पनि पाइन्छ। यसका साथै गाजरमा म्यांगनिज, पोटासियम, आइरन, कपर जस्ता खनिज र कार्बोहाइड्रेट, प्रोटिन लगायतका पोषक तत्वहरु पाइन्छन्। गाजर स्वास्थ्य र सुन्दरता दुवैका लागि महत्वपूर्ण मानिन्छ।

गाँजरका केही फाइदा यस्ता छन्:

१. आँखाको ज्योती बढाउँछ
२. क्यान्सरको जोखिम कम गर्छ
३. बुढौली कम गर्छ
४. स्वस्थ र सुुन्दर छाला बनाउन मद्दत गर्छ
५. प्रतिरोधात्मक क्षमता बढाउँछ
६. मुटु रोगको सम्भावना कम गर्छ
७. शरीर सफा राख्छ र संक्रमणहरुबाट जोगाउँछ
८. दाँत र गिँजा स्वस्थ राख्छ
९. पाचन प्रणाली सही राख्छ
१०.उच्च रक्तचाप कम गर्छ