केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

बुधबार ९६ हजार ८ सय रुपैयाँमा छापावाला सुन आज बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार १ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १३४५ रहेको महासंघले जनाएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here