खोटाङ । खोटाङबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिसभा सदस्य (सांसद) विशाल भट्टराईले विकासका आयोजनाहरुमा समयमै र गुणस्तरीय काम हुनुपर्ने बताउनु भएको छ ।

सांसद भट्टराईले जन्तेढुङा गाउपालिकाका मह्त्वपूर्ण योजनाहरुको अनुगमनका क्रममा आयोजनाहरु समयमै सम्पन्न हुनुपर्ने र गुणस्तरीय काम हुनुपर्नेमा जोड दिनु भएको हो ।

उहाँले केन्द्र, प्रदेश तथा स्थानीय सरकारबाट आयोजित विभिन्न विकास निर्माणको योजनाहरुको अनुगमन गर्नु भएको हो ।

जिल्लामा पुगेको अवसरमा सांसद भट्टराईले चिसापानी पुगेर स्वास्थ्य सतर्कता अपनाउदै स्थानीयसँग भेटघाट समेत गरेको जनाउनु भएकाे छ ।

सो क्रममा गाउपालिका अध्यक्ष शन्कर राई, उपाध्यक्ष विमला राई, चिसापानी माविका प्रअ रामबहादुर राउत, पार्टीका पालिका अध्यक्ष यमकुमार राई, सचिव बद्री राई लगायतसँग छलफल भएकाे थियाे ।