काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको निधन भएकोछ । यो सँगै संक्रमित मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

बुधबार मृत्यु हुनेहरुमा दुई महिला र ९ पुरुष रहेका छन् । उनीहरुमा मोरङकी ४६ र भक्तपुरकी ५३ वर्षीया महिला र अन्य ९ पुरुष छन् ।

मृतक पुरुषमा कैलालीका ४५ र ५० वर्षीय दुई, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन, बाराका ४१ र ४६ वर्षीय दुई, बाँकेका ३७ एक, काठमाडौंका ५१ वर्षीय एक पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ३०१ जना काठमाडौं उपत्यकामा रहेका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here