काठमाडौं । खोटाङका थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा थपिएका संक्रमित मध्ये एक जना खोटाङका पनि रहेको उल्लेख गरिएको छ ।

खोटाङमा क्वारेन्टीनमा बसेका एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन २३ गते बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका ११ जन प्रहरी जवानमध्ये थप एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालयको क्वारेन्टीनमा सँगै राखिएका ८ जनामध्ये ६ जनालाई संक्रमण पूष्टी भएपछि बाँकी रहेका दुई जवानको पुःन पिसिआर परिक्षणकाक्रममा एक जनालाई संक्रमण भएको पुष्टि भएको हो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here