
खोटाङ । जिल्ला अस्पताल खोटाङबाट रेफर गरेर काठमाडौं पठाइएको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरिएको छ ।
जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरिएको जिल्ला जनाउनु भएको छ ।
गत भदौ ४ गते रेफर गरेपछि पाटन अस्पताल पुर्याइएकी एक महिलालाई सोमबार कोरोना संक्रमण पूष्टी भएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर परिक्षण गर्न आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरिएको हो । ज्वरोको समस्याले बिरामी पर्नु भएकी महिला भदौ २ गते जिल्ला अस्पतालमा भर्ना हुनु भएको थियो ।
आज बिहान बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको नमूना संकलन गरेर पिसिआर परिक्षणका प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको छ ।
स्वास्थ्यकर्मी र कर्मचारीसँगै हाल आइसोलेसनमा बसिरहेका ६ जना प्रहरीको पनि स्वाव परिक्षणमा पठाइएको छ । स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर रिपोर्ट आएपछि सोही आधारमा अस्पतालको सेवा सुचारु गरिने प्रमुख फुयाँलले बताउनु भएको छ ।