खोटाङ । किरात राई यायोक्खामार्फत प्रदान गरिने शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला गरिएको छ ।

वार्षिक रुपमा वितरण हुने शैक्षिक छात्रवृत्ति कार्यक्रमको यस वर्षको लागि फाराम आवेदन खुलेको यायोक्खाले जनाएको छ ।

खोटाङ जिल्लाबाट एसइई परिक्षा उतिर्ण इच्छुक विद्यार्थीहरुले भदौ १३ गते भित्र आवेदन फाराम भरेर बुझाईसक्नु पर्नेछ । आवेदकहरुको निवदेन आगामी १४ भदौसम्म यायोक्खा केन्द्रलाई सिफारिस गरि पठाउनु पर्नेछ ।