खोटाङ । अहिले विश्वभरी कोरोनाको महामारी छ । गाउँ ठाउँमा समेत वृद्धवुद्धा, शारिरीक अशक्त तथा अपांगता भएकाहरुलाई हिडडुल गर्न समेत त्राहीपूर्ण वातावरण छ ।

यस्तै बेला जिल्ला प्रशासन कार्यालय खोटाङले भने एउटा उदाहरणीय काम गरेकोछ । प्रशासनले वृद्ध, अशक्त तथा अपांगता भएका चार व्यक्तिलाई घरैमा पुगेर नागरिकताको प्रमाण–पत्र प्रदान गरेको हो । यसरुी प्रशासनले घरमै पुगेर सेवा दिँदा सेवाग्राही भने दंग परेका छन् ।

जिल्ला प्रशासन कार्यालयले रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको हलिवन, भालुढुंगा र तिर्पाका वृद्ध, अशक्त तथा अपांगता भएका स्थानीयलाई शनिबार घरैमा पुगेर नागरिकता प्रदान गरेको हो ।

नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्दा हालसम्म नागरिकता बिहिन बसिरहेका ७४ वर्षीय बिबा माझी, ७१ वर्षीय फूलकुमारी माझी, ६८ वर्षीय खरा माझी र २२ वर्षका रेवत मगरलाई नागरिकता प्रदान गरिएको हो ।

रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष बिदुरकुमार खतिवडा र वडा सचिव टंकप्रसाद आचार्यको समन्वयमा उनीहरुलाई घरैमा नागरिकता प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी पौडेल र गाउँपालिका अध्यक्ष निरौलाले नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here