काठमाडौं । खोटाङका डा. कल्याण रोकाले युवा तथा साना ब्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षको रुपमा सपथ तथा पदभार ग्रहण गरेका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका रोकालाई नेपाल सरकार मन्त्रीपरिषद बैठकले गत सोमबार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको थियो । उनले बुधबार सपथका साथै अनामनगरस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणको सपना पूरा गर्न रोजगार सिर्जना गर्न अति आवश्यक रहेको जनाए । उनले देशमा रोजगारीको आवश्यकता देखिएका बेला कोषको आवश्यकता र औचित्य बढेर गएको बताउँदै कोरोना महामारीबाट युवामा उत्पन्न समस्यालाई कोषबाट सम्बोधन हुने पनि बताएका छन् ।

हेरौं उनको पदभारको कार्यक्रमको फोटोफिचरः

 



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here