काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६४१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिल्लो २४ घन्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

योसँगै संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन्।

२४ घन्टामा १३४ जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको संख्या १७ हजार ३२५ पुगेको छ । २४ घन्टामा १२ हजार २४७ परीक्षण गरिएको छ ।