खोटाङ । नेकपा एमाले खोटाङको आज रावाबेंशीमा चुनावी कार्यक्रम सम्पन्न भएको छ ।

एमालेले रावाबेंशीमा एमाले जिताउने संकल्प गरिरहँदा त्यहाँका स्थानीयले आफ्नै उम्मेदवार भने भेट्न र देख्न पाएनन् । उम्मेदवार देवबिक्रम राई व्यस्त भएको भन्दै उनको अनुपस्थितिमा नै कार्यक्रम गरिएको थियो । उनी त्यहाँ नपुगेपछि उनको पोष्टरसहितको ब्यानर टाँसेर कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा उम्मेदवार नै देख्न नपाएपछि सहभागीहरु भने खिन्न मन बनाएर फर्किएका थिए । कतिपय सहभागीले त उम्मेदवार देवबिक्रम राईले रावाबेंशीलाई उपेक्षा गरेको आरोप समेत लगाएका छन् ।

एमाले नेता विशाल भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा उम्मेदवार देवबिक्रम राई अन्य कार्यक्रममा ब्यस्त भएकाले उहाँको अनुपस्थितिमा नै कार्यक्रम सम्पन्न भएको जनाएका छन् ।

उम्मेदवार राई चुनावी अभियानमा हिजो डिकुवा पुगेका थिए । उनले आफ्नो श्रीमतीसँग छुटेको धेरै दिनपछि भेट भएको भन्दै भिडियो नै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।