
काठमाडौं । खोटाङ सेवा समाजले कोष स्थापना गर्ने उद्देश्यले नेपाली राष्ट्रिय कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी शो आयोजना गर्न लागेको छ ।
समाजका अध्यक्ष नवल खड्का हुन् भने उक्त चलचित्रको निर्माता तथा नायक पनि खड्का नै हुन् ।
सेवा समाजका सदस्य नवराज रोकाले समाजको आयोजनामा भोलि १५ गते विशेष च्यारिटी शोको आयोजना गर्न लागिएको र उक्त च्यारिटी शोमा उठेको सबै रकम समाजको कोषका लागि हस्तान्तरण हुने जानकारी दिए । उक्त रकम खोटाङेहरुकै लागि सामाजिक काममा खर्च हुनेछ ।
खोटाङ सेवा समाजले खोटाङेहरुको पक्षमा लामो समयदेखि विभिन्न कार्य गर्दै आएको छ ।
समाजका अध्यक्ष खड्काले ‘जहाँ खोटाङेली, त्यहीँ खोटाङ सेवा समाज’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै खोटाङ सेवा समाजद्वारा देशभक्तिपूर्ण चलचित्र “काँडेतार” को च्यारिटी शो आयोजना गरिएको भन्दै सहभागी भईदिन आग्रह गरेका छन् ।
