जेठीसासुलाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ

खोटाङ साउन–२६, जेठीसासुलाई करणी गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिकाका ४२ वर्षीय पुरुष पक्राउ परेका छन् । वोल्न नसक्ने ४८ वर्षीया जेठीसासु पर्नेलाई जवरजस्ती करणी गरेको आरोपमा उनलाई साउन २५ गते प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने आरोपितलाई साउन २६ गते तामेली म्याद थप गरेर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता ईन्सपेक्टर गोविन्दप्रसाद साहले बताउनुभयो ।

पीडितमाथि २०७६ फागुन १३ गते जवरजस्ती करणी भए पनि आफन्तले ढिला गरी थाहा पाएपछि प्रहरीमा उजुरी परेको ईन्सपेक्टर शाहले जनाउनुभयो ।