खोटाङमा नेकपा एमालले शक्ति प्रदर्शन गरेको छ । नेकपा एमाले खोटाङले दिक्तेल बजारको विभिन्न ठाउँमा कोणसभा गर्दै शक्ति प्रदर्शनको कार्यक्रम गरेको हो ।

गत भदौमा २३ र २४ गते भएको जेन्जी आन्दोलन पछि पहिलो पटक एमालले खोटाङमा शक्ति प्रदर्शन गरेको हो । संसद पुर्नस्थापनाको माग राख्दै आएको एमालले आगामी फागनु २१ गते हुने भनिएको निर्वाचन हुन नसक्ने बताउँदै आएको छ ।
एमालेले शुसिला कार्की नेतृत्वको सरकार विघटन, संसदको पूर्नस्थापना र जेन्जिहरुको प्रतिनिधीत्व भएको सर्वदलिय सरकारको माग राख्दै आएको छ । सदरमुकाम दिक्तेलको विभिन्न चोकहरुमा कोण सभा गर्दै बजारमा नारा जुलुस गरेको एमालेका नेताहरुले सरकारको कडा आलोचना गरेका छन् ।

एमालले घरफर्क अभियान संचालन गरेको भन्दै यस अघि नेकपा एमालेबाट विद्रोह गरेर नेकपा एस तर्फ लागेका बबि चाम्लिङ लगायतलाई पार्टी प्रवेश गराईएको छ । चाम्लिङ सहित २८ जना एमालेमा फर्किएको घोषणा गरिएको थियो ।