
काठमाडाैं । रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईकाे अनिश्चितकालिन आमरण अनसन र उनका मागका विषयमा पाँच घण्टा वार्ता भएपछि कुनै सहमति हुन सकेकाे छैन ।
संघीय सरकारका सचिवस्तरको टोलीसँग १५ साउनमा वार्ता तथा छलफल भएकाे थियाे । त्यसमा वन तथा वातावरण मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवद्वयकाे नेतृत्व र नगरपालिकाका तर्फबाट उपमेयर बिसन राई संयाेजकत्वकाे टोली र सरोकारवाला सहभागी भएका थिए ।
वार्तामा सहमति नजुटेपछि पुनः बस्ने भन्दै टुंगिएकाे थियाे । नगर प्रमुख भट्टराईले आफ्ना मागबारे बिना निष्कर्ष अनशन नतोड्ने अडान लिएका छन् ।
मिति २०८१ साउन ११ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा विभिन्न सात बुँदे माग राखेर सत्याग्रह सुरू गरेका थिए । सरकारले आफ्ना माग बारे चासाे नराखेकाे भन्दै १४ साउनदेखि उनले अनिश्चितकालिन आमरण अनशन घाेषणा गरेका छन् । अनशनकाे क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको छ।
