
खोटेहाङ । तत्कालिन समयमा राज्य तथा विद्रोही पक्षबाट मारिएका शहिदहरुलाई खोटेहाङ गाउँपालिकाले सम्झेको छ । दशवर्षे जनयुद्धमा शहादत प्राप्त गर्ने खोटेहाङका ११ शहिद परिवार सहित द्धन्द्ध पीडित घाईते अपाङ्ग तथा बेपत्ता परिवारलाई गाउँपालिकाले मायाको चिनो प्रदान गर्दै सम्झेको हो ।
दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङले् आयोजना गरेको कार्यक्रममा भान्सामा प्रयोग गरिने विद्युतिय चुल्हो उपहार स्वरुप प्रदान गर्दै पालिका प्रमुख उदिम बहादुर राईले सहिद कुनै एकपक्षको मात्र नहुने बताउनु भयो । तत्कालिन समयमा सहिदहरुले आफ्नो जविन उत्सर्ग गरेको स्मरण गर्दै उहाँले हजारौ नेपाली हरुको दृडता र आत्मविस्वासका साथ भएको लडाईले गणतन्त्रको स्थापना भएको राईले बताउनु भयो ।
खोटेहाङ गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै पालिका उपाध्याक्ष रुपेश राईले जुनसुकै पक्षमा लागेर सहिद बनेको भएपनि उहाँको परिवार तथा खोटेहाङ गाउँपालिकालाई अपुरणीय क्षति पुगेको बताउनु भयो । वर्तमान राजनीतिक परिर्वतनको संवाहकका रुपमा जीवन त्यागेका सहिद परिवार तथा प्रत्यक्ष द्धन्दमा सामेल योद्धाहरुको सम्मान गर्न स्थानीय सरकारमात्र होइन सबै तहका सरकारले नीति बनाउनु पर्ने बताउनु भयो ।
नेकपा एमालेका नेता तथा खोटेहाङ गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष शिव फुयलले सहिदको् सम्मानका लागि गरिएको सानो प्रयास भएपनि यसको ठुलो महत्व रहेका बताउनु भएको छ । हेर्दा देख्दा सानो देखिएपनि भावानात्मक हिसबाले यो वर्तमान उपलब्धीका लागि त्याग गर्ने पीडित घाईते अपाङ्ग तथा बेपत्ता परिवारसँग सरकारले सम्झेको रहेछ भन्ने सन्देश नै काफी रहेको उहाको भनाई थियो ।
जनयुद्धमा राज्यपक्षबाट मारिएका खोटेहाङ ९ जना मध्ये ७ परिवार र विद्रोही पक्षको एम्बुस तथा दोहोरो भिडन्तमा परि जीवन गुमाएका ४ परिवार गरी एघार सहिद परिवारलाई नया प्रविधि हस्तान्तरण गरिएको छ । यस्तै तत्कालिन समय द्धन्द्धपीडित परिवार ६ जना, जनयुद्धका योद्धा दुईजना र बेपत्ता परिवार एक गरी जम्मा बीस परिवारलाई आधुनीकि प्रविधि प्रयोग गर्न विद्युतिय चुल्हो प्रदान गरिएको दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष सुरेश राईले अध्यक्षता गर्नु भएको कार्यक्रम दुईचरणमा भएको हो । गत असार २ गते शहिद, द्धन्द्ध पीडित, वेपत्ता, घाईते परिवारसँग सम्मिलन कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन खोटेहाङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्र नाराथुङ्गेले गर्नु भएको हो ।