जिल्ला अस्पताल खोटाङद्धारा सात नयाँ स्वास्थ्य सेवा सुरु

जिल्ला अस्पताल खोटाङले सात वटा नयाँ स्वास्थ्य सेवा सुरु गरेको छ । अस्पतालले ‘एक वर्षे उपलब्धी’ सार्वजनिक गर्ने क्रममा बिहीबार आयाोजित पत्रकार सम्मेलन नियमित बाहेक सात नयाँ स्वास्थ्य सेवा सुरु गरेको जनाएको हो ।

नयाँ सेवा अन्तर्गत मुटुको शल्यक्रिया गरे पश्चात मुटुको अवस्था एबं रगतको अवस्था जाँच गर्नका लागि जिल्ला बाहिर जानुपर्ने वाध्यता अन्त्यका लागि पिटिआईएनआर जाँच सेवा सुरु गरिएको छ ।
यस्तै, थाइराईडका लागि इम्यूनोयसी एनालाइजर व्यवस्था गरेर टिएफटि जाँच सेवा सुरु गरिएको छ भने डिजिटल एक्स–रे सुविधालाई पनि सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले हाल १५ शैयाको अस्पताललाई चालु आर्थिक वर्ष ५० बेडमा स्तरोन्नती गर्ने लक्ष्य राखिएको जनाए ।