खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलमा रहेको एनएमबी माइक्रोफाइनान्स वित्तीय लघुवित्त संस्थाले बचत समूहमा आबद्ध महिलाको रकम फिर्ता माग्दा उल्टो धम्की दिएको गुनासो आएको छ ।

बचत समुहमा आवद्ध महिलाले बचत रकम फिर्ता गर्न र संस्थाबाट बाहिरिन नदिएको गुनासो गरेका छन् ।

लालुपाते महिला समुहमा आवद्ध महिलाले हालको बचत समुह खारेज गर्न र बचत रकम फिर्ता माग्दा नपाएको गुनासो गरेका हुन् । बचत समुह खारेज गर्न र बचत रकम फिर्ता माग्दा माइक्रोफाइनान्सले उल्टो प्रहरी लगाउने धम्की दिएको महिलाहरुले जनाएका छन् ।

फाइनान्सले भने समुहमा आवद्ध महिला प्रकृया पुरा नगरी आएकाले प्रकृया पुरा गरेर आउन भनेको जनाएको छ ।