काठमाडौं २७ माघ । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले वैशाखपछि खोटाङे जनताले कष्टपूर्ण जिवन बिताउनुपर्ने बाध्यता आउने भन्दै संसदको बैठकबाट सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शुन्य समयमा बोल्दै उनले गत असोज दोस्रो साता आएको बाढीले तराई र प्रदेश जोड्ने सडक पुल बगाएपछि अस्तव्यस्त भएको र उक्त पुल र सडकको चाँडो पुननिर्माणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले अहिले नदीमा बेलिब्रिज राखिए पनि बैशाखपछि हट्ने हुँदा खोटाङे जनताको जिवन पुनः कष्टकर हुने भएकाले पुननिर्माणको माग गरेका छन् ।

पुननिर्माणको लागि प्रधानमन्त्री, मन्त्रालय तथा विभिन्न निकायमा आफूले ध्यानाकर्षण गराएको पनि उनले उल्लेख गरेका छन् ।