![IMG_20250208_103648](https://hamrokhotang.com/wp-content/uploads/2025/02/IMG_20250208_103648-696x396.jpg)
काठमाडौँ । बालयौन दुरुपयोगको मुद्दामा कृषिविज्ञ मदन राईलाई अदालतले साढे २ वर्ष कैद तोकेको छ। खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई बालयौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्ष कैदको फैसला सुनाएको हो। यस्तै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा भनिएको छ।
कृषि विज्ञका रूपमा परिचित मदन राई विरुद्ध २०८० जेठ २१ गते बालयौन दुरुपयोगको अभियोगमा मुद्दा दर्ता भएको थियो। त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए।
राईले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।