खोटाङ । नेकपा एमालेले खोटाङ इन्चार्जको जिम्मेवारी बिशाल भट्टराईले पाएका छन् । नेकपा एमाले केन्द्रीय सचिवालयको ३४ औं बैठकले पोलिटव्यूरो सदस्य बिशाल भट्टराईलाई खोटाङ इन्चार्जको जिम्मेवारी दिएको हो ।

यस्तै, केन्द्रीय सदस्य खगेन्द्र राईलाई प्रदेशसभा (१) र केन्द्रीय सदस्य उषाकला राईलाई प्रदेशसभा (२) को इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै, केन्द्रीय सदस्य रमेश पौडेल (खोटाङ)ले विद्यार्थी विशेष जिल्ला कमिटि इन्चार्जको जिम्मेपारी पाएका छन् । एमालेले खोटाङकै नेता हरि पोखरेललाई सल्लाहकार परिषदमा मनोनयन गरेको जनाएको छ ।