काठमाडौं । खोटाङमा यस वर्षको ३७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कोही प्रदेश कृषि विकास निर्देशनालयले जारी गरेको साप्ताहिक बुलेटिनमा शुक्रबार सम्म जिल्लामा ३७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको उल्लेख छ ।
६६ हजार ५ सय ९४ हेक्टर खेतियोग्य जमिन रहेको जिल्लामा १ हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुदैँ आएको छ । सो हेक्टर क्षेत्रफल मध्ये हाल सम्म जिल्लामा ३३ दशमलव ७७ हेक्टर क्षेत्रफल अर्थात ३ हजार ७ सय ८३ दशमलव ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो ।
छिमेकी जिल्ला भोजपुरमा भने हाल सम्म ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।