अपडेट
खोटाङ । खोटाङमा शनिबार थपिएका कोरोना संक्रमित सदरमुकामस्थित सरस्वती माविको क्वारेन्टाइनमा रहेका व्यक्ति रहेको खुलेको छ । उनी बराहपोखरी गाउँपालिका–५ पौवासेराका ३६ वर्षीय पुरुष हुन् ।

उनी वैदेशिक रोजगारबाट आएर घर जाने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ स्थित सरस्वती माविको क्वारेन्टाइनमा बस्दै आएको पाइएको छ ।

कोरोना पोजेटिभ देखिएपछि अहिले उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा सारिएको छ । विदेशबाट आएका १७ जना व्यक्तिको पिसिआर परीक्षणका क्रममा १६ जनामा नेगेटिभ देखिएको हो भने १ जनामा पोजेटिभ देखिएको हो ।

पिसिआर नेगेटिभ देखिएका १३ जनालाई होमक्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ । कोरोना पोजेटिभ देखिएका व्यक्तिसँगै एउटै कोठामा बसेका ३ जनाको भने पिसिआर पुनः परीक्षण सुरु गरिएको छ ।

यसअघि, विभिन्न समयमा खोटाङमा ११ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु सबै निको भएर घर फर्किसकेका छन् ।