
मंगलबार पछिल्लाे २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको जनाएकाे छ ।
त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।