
काठमाडौँ । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले हवाई उडान खुल्ला गर्ने निर्णय गरेको हो । उडानहरु कसरी सुचारु गर्ने भन्नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउनेछ । सरकारले चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।
वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते पर्यटन मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा कोभिड(१९ संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले सोमबारको मन्त्रिपरिषद् बैठकमा हवाइ सेवा सुचारु गर्न प्रस्ताव लगेका थिए ।