
खोटाङ । प्रदेश नम्बर एक सरकारले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई पिसिआर परीक्षणका लागि ५०० थान भिटिएम प्रदान गरेको छ ।
पिसिआर परीक्षणको दायरा फराकिलो बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय खोटाङलाई पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न प्रयोग गरिने भिटिएम उपलब्ध गराएको हो ।
खोटाङबाट निर्वाचित प्रदेशसभा सदस्य राजन राईको पहलमा प्राप्त भएको भिटिएम जिल्ला स्वास्थ्य कार्यलय खोटाङका ल्याब टेक्नेसियन राजु रावतले बुझेका छन् ।
जिल्लामा भिटिएमको अभाव हुँदा पिसिआर परीक्षणको दायरा बढाउन समस्या भएको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य राईले संसदमा आवाज उठाएका थिए ।