खोटाङ । जनयुद्धका खोटाङका महान शहिद दिलकाजी कार्की दम्पत्तिको सम्झनामा सदरमुकाम दिक्तेलस्थित शहिद पार्कमा वृक्षारोपण गरिएको छ ।

सहिद दिलकाजी ठुल कुमार प्रतिष्ठानको आयोजनामा दिलकाजी कार्की र इन्दिरा कार्कीको १९ औ स्मृति दिवसको अवसरमा नेकपा खोटाङका जिल्ला सचिव राम दङ्गाल, नेता बिनोद आचार्य लगायतको उपस्थितिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुढेमा रहेको सहिद पार्कमा विभिन्न जातका बिरुवा रोपिएको हो ।

जनयुद्धमा शहादत प्राप्त दिलकाजी कार्कीलाई खोटाङको जनयुद्धको अभिभावक मान्ने गरिन्छ । दिलकाजी दम्पत्तिको आजैका दिन ३१ असार २०५९ मा तत्कालिन शाही सेनाद्धारा हत्या भएको थियो ।

घटनाका प्रत्यक्षदर्शी तथा खोटाङका माओवादी नेता कार्यकर्ताले तत्कालिन राज्य सेनाले सिमपानीबाट दिलकाजीलाई गिरफ्तार गरी हत्या गरेको दाबी गर्दै आएका छन् । सो समयमा दिलकाजीसँगै उनकी श्रीमती इन्दिरा कार्कीको समेत सँगै हत्या भएको थियो ।

दिलकाजी र खोटाङका जनयुद्धमा सहादत प्राप्त गरेका अर्का बरिष्ठ नेता ठुलकुमारको नाममा ‘दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान’ भवन निर्माणको काम भयरुहेको छ । हाल प्रतिष्ठान भवन धमाधम निर्माणको क्रमा रहेकोछ ।

तस्बीरः योगशन किरात