खोटाङमा बाहिरी मुलुकबाट आएका २९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

भारत तथा तेश्रो मुलुकबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २० जना र साकेला गाउँपालिकाका ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

नगरपालिकका प्रमुख दिपनारायण रिजालको सचिवालयले वैदेशिक रोजगारबाट आएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ स्थित सरस्वती मावि,क्वारेन्टाइनमा राखिएका २० जना ब्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले उहाहरुलाई नगरप्रमुख र उपप्रमुखले होमक्वारेन्टाइनमा बस्ने गरी बिदाई गरेको जनाएको छ ।

विभिन्न देशबाट आएपछि कोरोना संक्रमण भए÷नभएको पहिचानका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट बुधबार र साकेला गाउँपालिकाबाट बिहिबार स्वाव संकलन गरेर परिक्षणमा पठाइएकाहरुको आईतबार नेगेटिभ रिपोर्ट आएको थियो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here