
खोटाङ । दैनिक उपभोग गर्न र सिंचाईका लागि सुनकोशीको पानी लिफ्टिङ प्रविधिबाट बतासेको भण्डारेघाट सिरानमा रहेको रिर्जभ ट्याङकीसम्म पुर्याइएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बतासेस्थित भण्डारेघाटसम्म सुनकोशीको पानी लिफ्टिङ प्रविधिबाट तानिएको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ बाट विनियोजन गरेको ३० लाख बजेटबाट गत माघदेखी थालिएको कोशीको पानी तान्ने काम सकिएसँगै शुक्रबारबाट पानी रिर्जभ ट्याङकीमा आईपुगेको हो ।
अब सुनकोशीदेखी ८ ईन्चको जिआई पाईपबाट भण्डारेघाटको सिरानमा आएको पानीलाई ४० हजार लिटर क्षमताको ट्याङकीमा जम्मा गरेर शाखा लाईनबाट घरघरमा वितरण गरिनेछ । पानीले ६० घरधुरी बढी लाभान्वित हुनेछ ।
रिर्जभ ट्याङकीमा जम्मा भएको पानीलाई अब लाइन विस्तार गरेर घरघरमा पु¥याउने गाउँपालिकाको योजना रहेको छ ।