
काठमाडौं । नेपालमा कोरोना संक्रमित १४ हजार माथि पुगेका छन् । बुधबार देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थपिएकाहरु प्रदेश १ मा २८, प्रदेश २ मा ६२ जना, वाग्मतीमा ३०, गण्डकीमा ४१, प्रदेश ५ मा ३६, र कर्णाली मा ४२ जना थपिएका छन् ।
यसैबिच, नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । बुधबार थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो ।
अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।