खोटाङ । खोटाङमा थप एक जनामा कोरोना पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक जना संक्रमित थपिएका हुन् ।

खोटाङमा आइतबार मात्र दुई पुरुष र एक महिलालाई कोरोना संक्रमण पुष्टी भएकोमा पुनः नगरपालिकामा सोमबार एक २५ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको हो । रावाबेँसी गाउँपालिका स्थायी ठेगाना भएर दिक्तेलस्थित रत्नपार्कमा बस्दै आएकी महिलामा कोरोना पुष्टि भएको हो ।

उनी हप्ता दिनअघि भारतबाट आएर दिक्तेलबजार रत्नपार्कमा होम क्वारेन्टिनमा बस्दै आएकी थिइन् । यसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र संक्रमितको संख्या चार पुगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी २५ वर्षीया महिलालाई सोमबार अस्पताल भर्ना गरिएको छ ।

यस्तै, कोरोना संक्रमण भएकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीया महिलालाई पनि उपचारमा पठाउने तयारी भइरहेको जनाइएकाे छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here