खोटाङ, कार्तिक १८ । खोटाङको च्यास्मीटार–४ दाल्फुमा बिभिन्न कक्षामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने ९ छात्र/छात्रालाई पुरस्कुत गरिएको छ ।
तिहारको देउसीभैली समापनको अवशरमा स्थानीय सिर्जनात्मक एकता युवा सेवा समाजले मंगलबार साँझ तीन छात्रा र छ जना छात्रलाई पुरस्कृत गरेको हो । च्यास्मीटार माबिबाट कक्षा ७ मा प्रथम स्थान प्राप्त गर्ने छात्रा दीपा राई, कालिका प्राबि बयाक्ता बाहुनीडाँडाबाट कक्षा १ मा प्रथम स्थान प्राप्त गर्ने सुम्नीमा राई, च्यास्मीटार माबिबाट कक्षा ४ मा दोश्रो स्थान प्राप्त गर्ने दिलीप राई, त्रिकन्य प्राबि च्यास्मीटारबाट कक्षा ४ मा दोश्रो स्थान प्राप्त गर्ने गइन्द्र राई, च्यास्मीटार माबिबाट कक्षा ३ मा दोेश्रो स्थान प्राप्त गर्ने आशिकाना राई, च्यास्मस्मीटारबाटै कक्षा १ मा दोश्रो स्थान प्राप्त गर्ने सिलसिला राई, माउण्टएभरेष्ट बोर्डिङ स्कुल दिक्तेलबाट कक्षा १ मा दोश्रो स्थान प्राप्त गर्ने रुबिन राई र त्रिकन्य प्राबिबाट कक्षा ४ मा तेश्रो स्थान प्राप्त गर्ने नरेश राईलाई पुरस्कृत गरिएको हो ।
उनीहरुलाई पुरस्कार स्वरुप कापी र कलम प्रदान गरिएको छ । गाउँका छात्र÷छात्रालाई अध्ययनमा प्रोत्साहित गर्नकालागि गाउँका प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त छात्रा÷छात्रालाई पुरस्कृत गरिएको समाजका अध्यक्ष रसकुमार राईले बताए । हरेक तिहारको समापनका अवशरमा संस्थाले गाउँबाट प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने छात्र÷छात्रालाई पुरस्कृत गर्दैआएको छ ।