
काठमाडौं । चार जनामा कोरोना पुष्टि भएपछि चारै जना सञ्चो भएर कोरोना संक्रमणमुक्त रहेको खोटाङ जिल्लाका एक जना पुरूषमा पुनः कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा खोटाङका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोटाङका एक पुरुषमा कोरोना पुष्टि भएको बताएका छन् । तर, उनी हाल खोटाङमा नभएको पाइएको छ ।
कोरोना पुष्टि भएका पुरुषको खोटाङ कुन ठाउँ घर हो भन्ने पनि खुल्न बाँकी छ । जागिर वा अन्य कुनै कारण ती पुरुष कणाली प्रदेशमा रहेको र कोरोना संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ ।