असार–१०,
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ७७ करोड बढि बजेट ल्याएको छ । बुधवार सम्पन्न चौथो नगरसभावाट कुल ७६ करोड ९० लाख २७ हजार ९० रुपैयाँको बजेट पारित गरिएको हो ।
नगरवासीका जीवन रक्षा र विकास निर्माण तथा आर्थिक व्यवस्थालाई गतिशील र चलायमान बनाउने दृढ विश्वास सहितको बजेट विनियोजन गरेको मेयर दिपनारायण रिजालले बताउनु भयो । कोभिड–१९ बाट सिर्जित संकटबाट छुटकारा पाउनको निम्ति कृषि, रोजगारी, स्थानिय उत्पादनमा वुद्धि लगायतका आर्थिक विकासमा प्रत्यक्ष योगदान पु¥याउने स्थानिय साना तथा ठुला गौरवका आयोजनालाई प्राथामिकतामा राखेर बजेट ल्याईएको जनाईएको छ ।
प्रत्येक गाउँ तथा वडालाई कृषिमा आत्मनिर्भर बनाउने, उच्च दिगो र फराकिलो आर्थिक विकास गर्ने पुर्वाधार निर्माण, समृद्ध, समुन्नत र अर्गानिक नगर बनाउने, विभिन्न वर्ग, लिङ्ग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशि र समन्यायिक विकास गर्नका साथै नगरबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने उद्देश्य सहित बजेट विनियोजन गरिएको उपमेयर विणादेवी राईले उल्लेख गर्नुभयो ।
नीति तथा कार्यक्रमका पूर्णपाठ तल उल्लेख छ ।
दिक्तेल रुपाकोट मझवुागढी नगरपालिकाको आ.व. २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम
आ.व. २०७७/७८ को वार्षिक बजेट तथा कार्यक्रम