
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । आइतबार मात्र थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।
आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।