खोटाङ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले सोमबार (१ असार २०७७ं) प्रदेशसभा बैठकमा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे ।

बजेटमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६.२९ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३.७१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

प्रदेश सरकारले कोरोना महामारीका कारण आगामी आर्थिक वर्ष प्रदेश सरकारले पदाधिकारी र कर्मचारीको बैठक भत्ता कटौती गरेको छ । यस्तै, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरुवा रोग अस्पताल बनाउन बजेट विनियोजन गरिएको छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठ