खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाको पहलमा वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखिएको छ ।

वडाध्यक्ष पुरीले क्वारेन्टाइनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबार दिउसोबाट क्वारेन्टिनमा राखेको बताइएको छ । गएराति मादक पदार्थ सेवन गरेर उनी क्वारेन्टाइनमा बसेकाको सम्पर्कमा गएको आरोप समेत छ ।

क्वारेन्टाइनमा बसेकाहरुसँगको सम्पर्कमा गएका वडाध्यक्ष पुरीबाट कोरोना भाइरसको सङ्क्रमण सर्ने खतरा भएकाले उनलाई नै क्वारेन्टाइनमा राखिएको स्थानीयहरु बताउँछन् ।