खोटाङ, २७ कात्तिक । खोटाङ सदरमुकाम दिक्तेलमा जारी जारी माबि स्तरिय छात्र फुटबल प्रतियोगीतामा सरस्वती माबि दिक्तेल र साकेला माबि रतन्छा फाईनलमा प्रबेश गरेका छन् ।
शनिबार भएको सेमीफाईनलका खेलमा दिक्तेल इंलिस बोर्डिङ स्कुललाई १ का बिरुद्ध ३ गोल गर्दै सरस्वती माबि तथा माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेललाई १ का बिरुद्ध २ गोल गर्दै साकेला माबिले फाईनलको यात्रा तय गरेको हो ।
‘लिग कम नकआउट’को आधारमा सञ्चालन भइरहेको खेलमा दिक्तेल इंलिस बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुल सेमीफाइनलिष्टमा सिमित भएको आयोजक खोटाङ फुटबल एकेडेमीका खेल संयोजक श्याम पौडेलले बताए । विद्यालय स्तरबाटै फुटबलको व्यवसायीक बिकासका लागि एकेडेमीले व्यवसायी तथा शुभेच्छुकको प्रायोजनमा प्रतियोगीता आयोजना गरेको हो ।
प्रतियोगीताका बिजेता टिमले नगद २० हजार, उपबिजेताले १५ हजार तथा फाइनलिस्ट दुई टिमले ५÷५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, खेलका उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, हाइस्कोरर र अनुशासित टिमलाई पनि पुरस्कार प्रदान गरिने एकेडेमीका अध्यक्ष नूरकाजी शैंजूले बताए ।
स्थानीय माटिकोरे खेल मैदानमा बिहिबारदेखि सुरु गरिएको प्रतियोगीतामा जिल्लाका ८ विद्यालयले प्रतिष्पर्धा गरिरहेका आयोजकले जनाएको छ ।