काठमाडौं । नेपालमा गत २४ घण्टामा थप १८९ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । विभिन्न १४ जिल्लाका १८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएकाहरुमा कपिलवस्तु १०९ जना, सर्लाही १७ जना, दैलेखका १४ जना, सिरहा ११ जना, सप्तरीका ९, धनुषा ७ जना, रौतहट ६ जना, दाङ ५ जना, महोत्तरी ४ जना, पर्सा २ संखुवासभा २ जना, झापा १ जना, ललितपुर १ जना, बारा १ जना रहेका छन् ।

नेपालमा कोरोनाका कारण हालसम्म सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here