खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरसको संक्रमित फेला परेपछि उनका परिवारका आठ जना, उनी सँगै बसमा यात्रा गरेका व्यक्ती, उनको प्रत्यक्ष सम्पर्क र भेटघाटमा पुगिसकेका छिमेकी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको स्वाव संकलन गरेर परिक्षणका लागि पठाइएकामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

काडमाडौंबाट गत बैसाख १२ गते आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

गत मंगलबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा पठाइएको स्वावको पिसिआर रिपोर्ट शुक्रबार राती आएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा। शैलेस श्रेष्ठले बताएका छन् । संक्रमित युवासँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको रिपोर्ट नेगेटिभ आएको हो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here