खोटाङ । जिल्ला अस्पताल खोटाङलाई ब्रिटिस गोर्खा वेलफेयरले स्वास्थ्य सामग्री प्रदान गरेको छ । वेलफेयरले जिल्ला अस्पताललाई सर्जिकल मास्क, गाउन, ग्लोव्स, मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

वेलफेयरले कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरेको जनाएको छ ।

ब्रिटिस गोर्खा वेलफेयरका प्रमुख सुवास राईले शनिबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य ध्रुबलक्ष्मी राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

वेलफेयरले पाँच सय थान सर्जिकल मास्क, एक सय थान डिस्पोजेवल सर्जिकल गाउन, एक सय थान फेस सिल्ड, सय थान एन ९५ मास्क, दुई सय थान सर्जिकल ग्लोभ्स, सय थान सु कभर, सय थान हेड क्याप र पाँच सय थान डिस्पोजेवल ग्लोभ्स प्रदान गरेको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख रविनकुमार फुयाँलले बताए । जिल्ला अस्पतालका डाक्टर, कर्मचारी लगायतको उपस्थितिमा वेलफेयरले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।



Loading Facebook Comments ...

4 COMMENTS

  1. Unquestionably believe that which you said. Your favorite justification appeared to be at the internet the easiest factor to bear in mind of.
    I say to you, I certainly get irked at the same time as folks consider issues that they just do not realize
    about. You controlled to hit the nail upon the top as well
    as outlined out the entire thing with no need side-effects ,
    other people could take a signal. Will probably be again to get more.
    Thank you jailwrist54.webgarden.at

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here