
खोटाङ । कोरोनाको संक्रमण पुष्टि भएका खोटाङका २० वर्षिय युवालाई विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा पठाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको हो ।
यस्तै, उनको परिवार, उनी सँगै बसमा यात्रा गरेका व्यक्ती, उनको संसर्गमा बसिसकेका व्यक्ती गरी ४३ जनाको पिसिआर टेष्टका लागि विपी कोइराला स्वास्थ्य विज्ञा प्रतिस्ठान घरान पठाइएको छ ।
हाल संक्रमित युवासँगै यात्रा गरेका व्यक्तीको खोजी भइरहेको छ ।