
काठमाडौं । प्रदेश नम्बर एकका दुई नयाँ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश १ को धनकुटा र मोरङमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।
विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो भने धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको पाइएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । संक्रमितमध्ये १७ जना उपचारपछि निको भएका छन् । आइतबारसम्म देशभर संक्रमितको संख्या २९५ पुगेको छ ।