
काठमाडौं । साकेला गाउँपालिका रतन्छा वडा नम्बर २ मा आरडिटी परीक्षणमा दुई जनामा रिपोर्ट पोजेटिभ देखिएकोमा कोरोना नभएको पुष्टि भएको छ । पिसिआर प्रविधिमार्फत उनीहरुको परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएको हो । योसँगै उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
गाउँपालिका अध्यक्ष अर्जुन खड्का झङ्कारले आरडिटीमा पोजेटिभ देखिएका दुई जनामा पिसिआर प्रविधिमार्फत नतिजा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जानकारी आएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय खोटाङले पनि कोरोनाको संक्रमण नभएको जनाएको छ । फेसबुक पेजमार्फत प्रशासन कार्यालयले साकेला र दिक्तेलका १२ जनाको पिसिआर प्रविधिमार्फत परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएको जनाएको छ ।