खोटाङ २६ वैशाख । गाईघाट दिक्तेल सडक खण्डको फोक्सिङटारस्थित उदउपुर र खोटाङ जिल्लाको सिमानामा रहेको सुनकोशीमा राखिएको बेली बृज जेग ३ गते झिकिने भएको छ ।

तराईबाट सिधा खोटाङ जोड्ने सडकमार्गको रुपमा रहेको उक्त बेलीबृज झिक्न लागिएको हो । गाईघाट दिक्तेल सडक योजनाले एक सूचना जारी गरी बेलीबृज झिक्ने जनाएको हो । उक्त सडखण्डमा बेली बृज झिकिएसँगै सडक आवागमन ठप्प हुनेछ ।

पुल निर्माणमा ढिलासुस्तीका कारण हिउँदमा अस्थायी बेलीबृज राख्ने र वर्षामा झिक्ने गरिदैं आइएको हो । यसरी अस्थायी बेलिबृज राख्ने र झिक्ने गर्दा राज्यलाई वार्षिक लाखौं घाटा हुँदै आएको छ ।