खोटाङ, ५ मंसिर । शैक्षिक विसंगती नियन्त्रणमा बेवास्ता गरेको भन्दै संघीय समाजबादी फोरम निकट समाजबादी विद्यार्थी फोरम खोटाङले जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन् । भवन निर्माणमा भइरहेको अनियमितता, मार्कसिट तथा चारित्रिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरी लगायतका शैक्षिक विसंगती नियन्त्रणकालागि आफुले राखेको मागका बिषयमा शिक्षाले बेवास्ता गरेको भन्दै पहिलो चरणको आन्दोलन थालेको फोरमले आईतबार एक घण्टा धर्ना दिएको हो ।
अनियमित गर्ने शिक्षकलाई कारबाही गर्न, शैक्षिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरीलाई रोक्न, शैक्षिक प्रमाणपत्रको शुल्कमा एकरुपता कायम गर्न, विभिन्न समयमा जिम्मा लिइएका भवन निर्माणलाई गुणस्तरिय र पारदर्शी बनाउन भन्दै गत भदौ २१ गते मौखिक तथा असोज २ गते बुझाइएको पाँच बुँदे ज्ञापनपत्रको बिषयमा शिक्षाले सुनुवाई नगरेको भन्दै संगठनले कार्तिक २६ आन्दोलन घोषणा गरेको थियो ।
शिक्षाले आफ्नो मागलाई गम्भीरताका साथ नलिएको भन्दै आन्दोलनमा उत्रिएको समाजबादी विद्यार्थी फोरमले बिरोध ¥याली, भण्डाफोर कार्यक्रम तथा कोणसभा लगायतका कार्यक्रम गरिसकेको छ ।