काठमाडौं २२ वैशाख । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरसका संक्रमित नेपालमा ७५ पुगेको छ । शनिबार नेपालगञ्जमा एकैदिन १५ र पर्सामा १ जना थपिएसँगै जम्मा संख्या ७५ पुगेको हो ।

नेपालगञ्जमा शनिबार सुरुमा ९ जनामा कोरोनाका संक्रमित पुष्टि भएको थियो । पुनः साँझ ६ जनामा पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला छन् । त्यसअघि पुष्टि भएकाहरुमा ७ वर्षको समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७५ जना संक्रमित मध्ये १६ जना भने सञ्चो भएर घर फर्किसकेको छन् ।

नेपालमा सरकारले आरडिटीमार्फत ४९ हजार ६८८ जनाको परीक्षण गरेको छ । पिसिआरमा भने १३ हजार ४२० मात्रको परीक्षण भएको छ । कोभिड १९ पत्ता लगाउन रियल टाइम पिसीआरनै उपयुक्त विधि रहेको विज्ञहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १७ स्थानवाट आरटीपिसीआर प्रविधि मार्फत् कोरोना परीक्षण हुँदै आएको छ ।