काठमाडौं । विज्ञ सम्मिलित कार्यदलले लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न सुझाव दिएको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले बैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम साताबाट दुवै कक्षाको परीक्षा सञ्चालन गर्न सकिने औंल्याएको हो ।

एसईई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिने समेत कार्यदलले जनाएको छ । देशभर परीक्षा केन्द्र र त्यसका उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव प्रतिवेदनमा छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here